काठमाण्डौ । मलेशियामा आयोजना भएको अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षिय आरुष भट्टराई  ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’ अवार्ड जित्न सफल भएका छन् ।

नेपालको प्रतिनिधित्व गर्दै मलेशिया पुगेका उनले विभिन्न देशका प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै पुरुस समूहको उपाधि हासिल गरेका हुन् । 

स्याली क्राउन ब्युटी कन्सल्टेन्सले आयोजना गरेको ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’ कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका आरुषले विनर किड इन्टलिजेन्ट र ग्राण्ड विनर किड्स युनिभर्स विधामा जित हात पारेका छन् ।

कार्यक्रममा नेपालसहित भारत, मलेशियालगायत देशका बालबालिका सहभागी थिए । प्रतियोगितामा उनले नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलावा नेपालको पर्यटन समेत प्रबर्द्धनसमेत गरेका थिए ।

उनीसँगै प्रतियोगितामा सहभागी एल्भिरा महर्जनले मिस किड Alluring Aura ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनलको उपाधि हासिल गरेकी थिइन् । प्रतियोगितामा बालबालिकासँगै अन्तरराष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए । प्रतियोगितामा सहभागी बालबालिकाको फेसन डिजाइन अन्तरराष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी हुन् ।

यसअघि आरुषले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा काठमाण्डौमा आयोजित ‘किड्डी फेस अफ द इयर २०२३’ का सिनियर पुरुष समूहको उपाधि हासिल गरेका थिए भने एल्भिरा ‘लिटिल प्रिन्सेस इन्टरनेशनल २०२३’ की विजेता हुन् ।