काठमाण्डौ । नेपालको दोस्रो कोभिड—१९ संक्रमित प्रसिद्धि श्रेष्ठ निको भएर डिस्चार्ज भएकी छिन् । 

चैत १० गते कोरोना पुष्टि भएकी १९ वर्षीया श्रेष्ठलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनको वार्डमा २७ दिनसम्म राखेर उपचार गरिएको थयो । 

स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले देशको दोश्रो संक्रमित प्रसिद्धि श्रेष्ठ रहेकी खुलासा गर्दै उनी डिस्चार्ज भएकी पुष्टि गरेका छन् । 

सबै खालका टेस्ट रिपोिर्टहरु पोजिटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज दिएको बताइएको छ । 

श्रेष्ठ चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन् । 

अब टेकु अस्पतालमा यूएईबाट चैत ६ गते नेपाल फर्किएर चैत १२ गते कोरोना पोजिटिभ देखिएका धादिङका युवक उपचाररत छन् । 

हाल नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।नेपालमा पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो । उनी निको भइसकेका छन् । उनीपछि निको भएर घर फर्किने दोश्रो कोरोना संक्रमित श्रेष्ठ बनेकी छिन् ।