काठमाण्डौ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने चेतावनी दिएका छन् ।
संघीय संसदमा चलिरहेको बजेटमाथिको छलफलमा बुधबार भाग लिँदै पूर्वअर्थमन्त्री पाण्डेले डलरको सञ्चिती घट्ने क्रम जारी रहेमा नेपाल अवस्था श्रीलंकाको जस्तो हुन सक्ने चेतावनी दिएका हुन्। ‘हरेक महिना १२ देखि १५ करोड डलर घट्दै गइरहेको छ’, नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पाण्डेले भने, ‘यस्तै अवस्था रहिरहे बजेटको लक्ष्य पूरा हुन सक्दैन।’
डलरको डिपोजिट घटिरह्यो भने आयात घट्ने पाण्डेले बताए। ‘हामीले फरेन करेन्सी दिन सक्दैनौँ । फरेन करेन्सी दिन सकिएन भने १२ खर्ब ४० अर्बको रेभिन्यू कसरी कलेक्ट गर्न सकिन्छ ?’, उनले प्रश्न गरे।
यस्तो अवस्थाले अर्थतन्त्र धरासायी हुने संकेत देखिएको पाण्डेले बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19