काठमाण्डौ । नेपालको पासपोर्ट विश्वकै कमजोर सूचीमा परेको छ। 

लन्डनको हेन्ली कम्पनीको अध्ययन ‘पासपोर्ट इन्डेक्स’बाट नेपालको पासपोर्ट विश्वकै कमजोर सूचीमा राखिएको हो। अध्ययनले नेपाली पासपोर्टलाई १०६ औँ स्थानमा राखिएको छ। गत वर्ष नेपालको पासपोर्ट १०९औँ स्थानमा रहेको थियो।

यो अध्ययन संसारका कति मुलुकले भिसाबिनै (भिसा फ्री स्कोर) ती मुलुकमा प्रवेश गर्न दिन्छन् भन्ने आधारमा गरिएको थियो। सोहीअनुसार यो सूची तयार पारिएको हो। 

नेपालीको पासपोर्टले ३८ वटा मुलुकको मात्र भ्रमण गर्न मिल्छ।

संसारभरिका पासपोर्टको एक सर्वेक्षणले जापानको राहदानी सबैभन्दा बलियो देखाएको छ। सिंगापुर र दक्षिण कोरिया दोस्रो तथा जर्मनी र स्पेन तेस्रो स्थानमा छन्।

जापानको पासपोर्टवाहकले भिसा नलगाई संसारका १९३ मुलुकको भ्रमण गर्न पाउँछन्। दोस्रो शक्तिशाली सिंगापुर र दक्षिण कोरियाको पासपोर्टले १९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले १९० देश घुम्न सकिन्छ।