काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ।
आईएमएफले वर्ल्ड ‘इकोनोमिक आउट लुक’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो। प्रतिवदनमा सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने र सन् २०२७ मा पुग्दा ५.३ प्रतिशतसम्म मात्र वृद्धिदर हुने प्रक्षेपण पनि गरेको छ।
आईएमफले विश्वको आर्थिक वृद्धिदर ३.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। सन् २०२१ मा विश्वको आर्थिक वृद्धिदर ६ प्रतिशतको थियो।
विश्व अर्थतन्त्रमा अपेक्षाभन्दा धेरै मन्दी देखिएको आईएमएफको प्रतिवेदनमा उल्लेख छ। ‘मूल्यवृद्धि समेत केही दशकयताकै उच्च छ’, प्रतिवेदनमा भनिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago