काठमाण्डौ । नेपालको पासपोर्ट सबैभन्दा कमजोरको सूचीमा परेको छ।
लन्डनस्थित ग्लोबल नागरिकता र रेसिडेन्सी सल्लाहकार फर्म हेन्ले एन्ड पार्टनर्सले जारी गरेको नयाँ सूचीअनुसार नेपालको पासपोर्ट सबैभन्दा कमजोरीको सूचीमा परेको हो। नेपालको पासपोर्टबाट ३८ वटा देशहरुमा भिसा–अन–अराइभलको पहुँच राख्दछ।
हेन्ले एन्ड पार्टनर्सले ४० वा सोभन्दा कम देशमा भिसा–अन–अराइभलको पहुँच गर्ने देशहरुको पासपोर्टलाई कमजोरको सूचीमा राखेको छ। नेपालसँगै फिलिस्तिनीको पासपोर्टले पनि ३८ देशमा भिसा–अन–अराइभलको पहुँच राखेको छ।
यसैगरी कमजोर पासपोर्टको सूचीमा उत्तर कोरिया (४० देश), सोमालिया (३५) देश, यमन (३४ देश), पाकिस्तान (३२ देश), सिरिया (३० देश), इराक (२९ देश) र अफगानिस्तान (२७ देश) रहेका छन्।
जापान विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा शीर्ष स्थानमा छ। जसले सबै १९३ देशमा भिसा–अन–अराइभल वा भिसा–रहित पहुँच प्रदान गर्दछ। संयुक्त राष्ट्रको भिसाले यात्रा अनुमति दिन्छ।
विश्वभरका पासपोर्टहरुको यो प्रतिवेदन हेन्ले एन्ड पार्टनर्सले प्रत्येक तीन महिनामा सार्वजनिक गर्छ। जनवरी १० मा जारी गरिएको यो प्रतिवेदनमा विश्वको शक्तिशाली पासपोर्टको सूचीमा शीर्ष तीनमा एसियाली देशका पासपोर्ट रहेको बताइएको छ।
यस सूचीमा जापानपछि सिंगापुर र दक्षिण कोरिया संयुक्त रुपमा दोस्रो स्थानमा छन्। जसले आफ्ना पासपोर्ट धारकलाई १९२ देशमा भिसामुक्त पहुँच दिन्छ।
सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा धेरै हदसम्म युरोपेली देशको प्रभुत्व रहेको छ भने तीन एसियाली देश छन्। फ्रान्स, आयरल्यान्ड, पोर्चुगल र बेलायतजस्ता देश १८७ भिसा फ्री गन्तव्यसहित छैटौँ स्थानमा छन्।
योसँगै अमेरिका, बेल्जियम, न्युजिल्यान्ड, नर्वे, चेक रिपब्लिक र स्विट्जरल्यान्डजस्ता देश १८६ फ्री भिसा गन्तव्यका साथ विश्वको शक्तिशाली राहदानीका आधारमा सातौँ स्थानमा छन् ।
यी हुन् सबैभन्दा शक्तिशाली पासपोर्ट
१. जापान (१९३ गन्तव्य)
२. सिंगापुर, दक्षिण कोरिया (१९२ गन्तव्य)
३. जर्मनी, स्पेन (१९० गन्तव्य)
४. फिनल्यान्ड, इटाली, लक्जमबर्ग (१८९ गन्तव्य)
५. अस्ट्रिया, डेनमार्क, नेदरल्यान्ड, स्विडेन (१८८ गन्तव्य)
६. फ्रान्स, आयरल्यान्ड, पोर्चुगल, युनाइटेड किंगडम (१८७ गन्तव्य)
७. बेल्जियम, न्यूजील्यान्ड, नर्वे, स्विट्जरल्यान्ड, संयुक्त राज्य अमेरिका, चेक गणतन्त्र (१८६ गन्तव्य)
८. अस्ट्रेलिया, क्यानडा, ग्रीस, माल्टा (१८५ गन्तव्य)
९. हंगेरी, पोल्यान्ड (१८४ गन्तव्य)
१०. लिथुआनिया, स्लोभाकिया (१८३ गन्तव्य)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19