काठमाण्डौ । अन्तर्राष्टिय मुद्रा कोष (आईएमएफ)का टिडियन किन्डाले नेपालको वित्तीय स्थायित्व सुनिश्चित गर्न चालु आर्थिक वर्ष २०८०–८१ को बजेटको विवेकपूर्ण कार्यान्वयन महत्वपूर्ण हुने बताएका छन्। 

आईएमएफका किन्डा नेतृत्वले टोलीले हालै नेपाल भ्रमण गरेको थियो। नेपाल भ्रमणपछि विज्ञप्ति जारी गर्दै किन्डाले यस्तो धारणा सार्वजनिक गरेका हुन्। बजेटमा प्रस्ताव गरिएका सुधारका उपाय पूर्ण रुपमा कार्यान्वयन हुँदा पुँजीगत खर्चमा सुधार आउने विज्ञप्तिमा उल्लेख छ। 

किन्डा नेतृत्वको टोलीले साउन ४ देखि १० सम्म नेपालको भ्रमण गरेको थियो । भ्रमणका क्रममा टोलीले अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारी र राष्ट्र राष्ट्रका अधिकारीहरु, निजी क्षेत्र तथा विकास साझेदारसँग भेटघाट गरेको थियो।

विज्ञप्तिमा किन्डाले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले मूल्य तथा बाह्य क्षेत्र स्थायित्व कायम गर्न उचित नीति लिइएको उल्लेख गरेका छन्। मौद्रिक नीतिले बैंकहरुको सम्पत्तिको गुणस्तरमा निरन्तर निगरानी गर्ने र वित्तीय स्थायित्व जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको धारणा छ।