काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धि ०.८ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। 

आईएमएफले गत अप्रिलमा सन् २०२३ मा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। अहिले त्यसलाई घटाएर ०.८ प्रतिशतमा सीमित रहने आईएमएफले प्रक्षेपण गरेको हो। 

आईएमएफले सन् २०२४ मा भने नेपालको आर्थिक वृद्धि ५ प्रतिशत रहने प्रक्षेपण गरेको छ। गत अप्रिलमा सन् २०२४ मा आर्थिक वृद्धि ५.१ प्रतिशत रहने आईएमएफले प्रक्षेपण गरेको थियो। 

आईएमएफको नयाँ प्रक्षेपणअनुसार सन् २०२३ मा एसियाको आर्थिक वृद्धि ४ प्रतिशत रहनेछ। सन् २०२४ मा एसियाको वृद्धिदर ४.२ प्रतिशतमा रहने आईएमएफले जनाएको छ। 

चीन, जापान र भारतमा आर्थिक सुधार देखिएकोले समग्र एसियाको अर्थतन्त्र वृद्धि हुने अपेक्षा आईएमएफले गरेको छ। 

सन् २०२३ मा नेपालमा मूल्यवृद्धि भने ७.८ प्रतिशत रहने प्रक्षेपण आईएमएफले गरेको छ। सन् २०२४ मा यो घटेर ६.७ प्रतिशतसमा सीमित हुने आईएमएफको अनुमान छ।