काठमाण्डौ। नेपालमा बुधबार कोरोनाभाइरसका तेस्रो संक्रमित भेटिएका छन्। यसअघि नेपालमा दुईजना कोरोनाबाट संक्रमित भइसकेका छन्।

टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा एक बिरामीमा कोरोना पोजेटिभ देखिएको हो। प्रयोगशालाका अधिकारीहरुले थप एक बिरामीमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन्।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्।

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहाहुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो। स्वास्थ्य मन्त्रालयले आइतबार त्यसको जानकारी दिएको थियो। 
त्यसलगतै सरकारले मंगलबारदेखि लागू हुने गरी एकहप्ते लकडाउनको घोषणा गरेको थियो।