काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको भन्ने हल्ला गलत भएको स्पष्ट पारेको छ।
मन्त्रालयले आज सूचना जारी गरी यसतो स्पष्टोक्ति दिएको हो। पछिल्लो समय नेपालमा अल्फा (बी.१.१.७०) र डेल्टा (बी.१.६१७.२) भेरियन्ट मात्र देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा जनाइएको छ। हाल यी भेरियन्टमध्ये पनि डेल्टा धेरै संक्रमितमा देखिएको मन्त्रालयले जनाएको छ।
नेपालमा कोरोनाको छुट्टै नयाँ भेरियन्ट फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा भए पनि सत्यता नभएको मन्त्रालयले जनाएको छ।
त्यस किसिमका भ्रमात्मक समाचार सम्प्रेषण नगरी जिम्मेवार बनिदिन र त्यस किसिमका गतिविधि गर्ने गराउने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई जिम्मेवार बन्न पनि मन्त्रालयले सचेत गराएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19