 
                     
                                
                             
                                    काठमाण्डौ । सरकारले कोभिड महामारीको सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न सबैलाई अनुरोध गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै हाल नेपालमा देखिएको कोभिडको नयाँ भेरियन्टहरु संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पर्ने विभिन्न अध्ययनबाट देखिएको भन्दै यस्तो आग्रह गरेको हो। मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन पनि आग्रह गरेको छ।
गत जेठ मध्येदेखि असार मसान्तसम्म देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा छनोट गरी ४७ वटा नमुनाहरु विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँदिल्लीस्थित डब्ल्यूएचओ आइडेन्टिफाइड सेन्टर फर एक्सिलेन्स इन जिनोमिक्स, द इन्स्टिच्युट अफ जिनोमिक्स बलम इन्टेग्रेजिभ बायोलोजी (आईजीबी) मा परीक्षण गर्न पठाइएको थियो। गत असार ३० गते परीक्षणका लागि पठाइएका ती नमुनाहरु सबैमा डेल्टा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।
तीमध्ये ३ वटामा थप उत्परिवर्तन के४१७एन मुलेसन भेटिएको मन्त्रालयको भनाइ छ। जसलाई एवाई१ नाम पनि दिइएको छ।
यीसहित हालसम्म नेपालमा भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ। यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनले देखाएको भन्दै मन्त्रालयले सचेत रहन आग्रह गरेको हो।

 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19