 
                     
                                
                             
                                    काठमाण्डौ । नेपालमा ७३ प्रतिशतले स्मार्ट मोबाइल फोन प्रयोग गर्ने गरेको देखिएको छ।
आज सार्वजनिक जनगणाना २०७८ को अन्तिम नतिजाले यस्तो देखिएको हो। नतिजाअनुसार नेपालमा स्मार्ट मोबाइल फोन चलाउने संख्या ७३ प्रतिशत पुगेको छ भने साधारण मोबाइल फोन चलाउनेको संख्या ७३.२ प्रतिशत रहेको छ।
जनगणनामा देशका हरेक परिवारमा भएका साधन तथा सेवा सुविधाका विवरण संकलन गर्न रेडियो सुविधा, टेलिभिजन, ल्यान्डलाइन टेलिफोन, मोबाइल फोन (साधारण), स्मार्ट मोबाइल फोन, कम्प्युटर, ल्यापटप, इन्टरनेट सुविधा, कार, जीप, भ्यान, मोटरसाइकल, स्कुटर, साइकल, विद्युतीय पंखा, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनरलगायत १४ वटा छनोट विकल्पसहितको प्रश्न सोधिएको थियो।
प्राप्त नतिजाअनुसार ३.९ प्रतिशत परिवारमा उल्लिखित कुनै पनि साधन तथा सुविधाहरु उपलव्ध नभएको पाइएको छ भने ९६.१ प्रतिशत परिवारमा कम्तीमा एक किसिमको साधन तथा सुविधा उपलब्ध भएको पाइएको छ।
यस नतिजाअनुसार ४९.४ प्रतिशतमा टेलिभिजन, ३७.८ प्रतिशतमा इन्टरनेट सुविधा, ३५.२ प्रतिशतमा साइकल उपलव्ध रहेको देखिन्छ।
यसैगरी नगरपालिका क्षेत्रमा कुनै पनि साधारण सुविधा उपलव्ध नभएको परिवार केवल २.८ प्रतिशत रहेको देखिन्छ भने गाउँपालिका क्षेत्रमा कुनै पनि साधारण सुविधा उपलब्ध नभएको परिवार ६.० प्रतिशत रहेको देखिन्छ।

 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19