काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यात्री (मोटरसाइकल)लगायत नेपालमा बनेका सवारीसाधन दर्ता गर्न मिल्ने कानुन बनाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्री दाहालले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका हुन्। उनले आइतबार बिहान मुख्यसचिव शंकरदास बैरागीलाई नेपालमा बनेको सवारीसाधन दर्ता नभएको भन्ने गुनासो आएको भन्दै नागरिकको गुनासो सम्बोधन हुने गरी दर्ता गर्न मिल्ने कानुन तयारी गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री दाहालले यात्रीलगायतका नेपालमै बनेका सवारीसाधनले दर्ता हुन नपाएको गुनासोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले दर्ता गर्नका लागि आवश्यक कार्यविधिलाई छिटो टुंगोमा पुर्याउन मुख्यसचिव बैरोगीलाई निर्देशन दिए।
सवारीसाधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नेगरी तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री दाहालले निर्देश दिएका छन्।
प्रधानमन्त्रीको निर्देशनलगत्तै मुख्यसचिव बैरागीले पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारीसाधनको दर्ता एवं प्रवर्द्धनसम्बन्धी कानुनको मस्यौदा बनाई पेस गर्न निर्देशन दिएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago