काठमाण्डौ । प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिर्सेसले नेपालमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

बुधबार उद्घाटन गरिएको शाखाको नाम भने प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिसेस नेपाल राखिएको छ। काठमाण्डौको व्यावसायिक केन्द्र मानिएको सेन्ट्रल बिजनेस पार्क थापाथलीको दोस्रो तल्लामा उक्त कार्यालयको मुख्यालय राखिएको छ।

आफ्ना सेवाग्राहीलाई गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै आएको प्रोफेसनल भिसा एण्ड सर्भिसेस सन् २०१५ मा स्थापना भएको हो। यसले आफ्नो स्थापनाकालदेखि नै आफ्नो सेवाका कारण प्रतिष्ठा कमाएको छ। सर्भिसेसले निरन्तर शिक्षा र आप्रवासन (माइग्रेसन) सम्बन्धी सबै प्रकारका सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले आफ्नो गुणस्तरीय सेवाका कारण विभिन्न अवार्डसमेत हात पारिसकेको छ। कम्पनीले सन् २०२२–२३ मा शीर्ष–३ को माइग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२–२३ मै बेस्ट बिजनेस अवार्ड, सन् २०२२–२३ मै अस्ट्रेलियन स्मल बिजनेस च्याम्पियन फाइनलिस्ट, लोकल बिजसेन अवार्ड–२०२२ को विजेता र लोकल विजनेस अवार्ड–२०२३ को फाइनलिस्ट अवार्ड प्राप्त गरेको छ।

प्रोफेसनल भिसा एन्ड सर्भिसेसका सीईओ निशान्त शर्माले नेपालमा सेवा विस्तार गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। उनले भने, ‘हामी नेपालमा पनि आफ्नो सेवा विस्तार गर्न र नेपाली विद्यार्थीलाई भरपर्दो, उच्च गुणस्तरको शिक्षा र आप्रवासनसम्बन्धी सेवा प्रदान गर्न पाउँदा खुशी र हर्षित छौँ।’ 

शर्माले आफूहरु सधैँ राम्रो नतिजा प्रदान गर्न अब्बल भएको कुरा प्रमाणित भएको पनि स्मरण गराए। उनले थपे, ‘हामीसँग उत्कृष्ट नतिजा प्रदान गरेको रेकर्ड छ। हामी नेपाली विद्यार्थीहरुलाई उनीहरुको शिक्षा र आप्रवासनसम्बन्धीको लक्ष्य प्राप्त गर्न सफल हुनेछौँ।’

उद्घाटन समारोहमा चर्चित नायिकाहरु स्वस्तिमा खड्का र वर्षा राउत, बैंकर अनिलकेशरी शाह र वरिष्ठ अधिवक्ता सुशील पन्त, कलाकारहरु सरोज प्रजा र विना राउतलगायतका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो। सो अवसरमा प्रोफेसनल भिसा एण्ड एजुकेशन सर्भिसेसका ग्लोबल बिजनेस म्यानगर विपुल खत्रीले कम्पनीका बारेमा प्रकाश पारेका थिए। 

कार्यक्रममा बैंकर अनिलकेशरी शाहले प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिसेसको नेपाल शाखा उद्घाटनले नेपाली विद्यार्थीहरुका लागि अवसर सिर्जना गरेको सुनाए। उनले नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जानु बाध्यता भएको बताए। नेपालमै राम्रो अवसर भएको भए त्यस्तो अवस्था सिर्जना नहुने थियो भन्ने उनको भनाइ थियो।

नायिका स्वस्तिमा खड्काले पनि उक्त कम्पनीको सफलताको शुभकामना दिइन्। उनले आफूले पनि छिट्टै सेवा लिने बताइन्।