काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि भियतनामसमक्ष आग्रह गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारत भ्रमणमा रहेको चेम्बर पदाधिकारी टोलीले नेपाल भुटान र भारतका लागि भियतनामका राजदूत न्गुयेन थान हायसँग छुट्टै भेटवार्ता गरेको हो। हायसँगको भेटवार्ताका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपाल भियतनामबीच व्यापार अभिवृद्धि, लगानी प्रवर्द्धन, पर्यटन ास्ता क्षेत्रमा सहकार्य गर्नुपर्ने बताए।
दुई मुलुकबीचको आर्थिक र कुटनीतिक सम्वन्धलाई प्रभावकारी र परिणाम मुखी बनाउनुपर्ने अध्यक्ष मल्लको भनाइ थियो। बौद्ध सर्किटको निर्माणका लागि आवश्यक पूर्वाधार बनाउन दुई देशको व्यापारिक समूहबीच सहकार्य गर्नसमेत उनले हायसँग प्रस्ताव गरे। ‘दुई मुलुकबीच कूटनीतिसँगै उच्चस्तरीय व्यापारिक साझेदारी हुँदै आएको छ, भियतनाममा बुद्धका अनुयायीहरु पनि प्रशस्त हुनुहुन्छ। बौद्ध सर्किट बनाएर धार्मिक पर्यटनलाई आर्कषित गर्न सकिन्छ’, उनले भने।
चेम्बर पदाधिकारीहरुसँगको भेटमा नेपाल, भुटान र भारतका लागि भियतनामका राजदूत हायले आफूले नेपालको भ्रमण छिट्टै गर्न लागेको सुनाए। नेपाल र भियतनामबीच व्यापारिक साझेदारी वृद्धिगर्न सहयोग गर्ने हायको भनाइ थियो।
हायसंगको भेटवार्तामा चेम्बर अध्यक्ष मल्लसहित निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरु दीपक मल्होत्रा र उर्मिला श्रेष्ठको पनि सहभागिता रहेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19