काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले अधिकांश देश लकडाउनमा छन्।
लकडाउनका कारण अहिले विश्वभर सानाठूला उद्योगव्यापा, कलकारखाना तथा बहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीहरु बन्द छन्। करोडौँ मानिस बेरोजगार बनेका छन् भने रोजगार सुरक्षितहरु पनि घरमै बसेर काम गर्न बाध्य छन्।
बढ्दो बेरोजगारी र विश्व आर्थिक वृद्धिदरमा आउन सक्ने गिरावटले विश्वमा सन् १९३० कै महामन्दीजस्तै अवस्था आउने अनुमान गर्न थालिएको छ।
लकडाउनका कारण विशेषगरी दैनिक ज्याला मजदुरी गर्ने र गरिब परिवार बढी प्रभावित छन्। नेपालमा पनि लकडाउनबाट प्रभावित यस्ता परिवारलाई राहातस्वरुप विभिन्न संघसंस्थासँगै स्थानीय तहहरुले चालम, दाल, नुन, तेल, चिउरालगायतका खाद्यसामग्री वितरण गरिरहेका छन्। कतिपय ठाउँमा कुहिएका खाद्यवस्तु बाँडिरहेको खबरले बेलाबेला बाहिर आउने गरेका पनि छन् भने कतै हुनेखाने पनि राहात सामग्री लगिरहेको घटनाहरुले चर्चा पाइरहेका छन्।
नेपालमा राहात सामग्री लिन पनि खादमखाद लाइन लाग्ने परम्परा अझै हटेको छैन। अझै यो यो भाइरसबाट बच्न दूरी कायम गर्नेमा यसमा कसैको ध्यान गएको देखिँदैन।
कोरोना प्रभावित जनतालाई राहात वितरण भियतनाममा भने नौलो तरिका अपनाइएको छ। त्यो हो जनतालाई राहातस्वरुप चामल वितरण गर्न ‘राइस एटीएम’ मेसिनहरुको स्थापना।
अहिले भियतनामका विभिन्न स्थानमा राइस एटीएमहरु मेसिन स्थापना गरी कोरोना प्रभावित गरिब जनतालाई चामल वितरण गर्ने काम भइरहेको छ।
त्यसो त भियतनाममा हालसम्म २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ तर हालसम्म एकजनाको पनि यो भाइरसबाट ज्यान गएको छैन। यो हिसाबले भियतनाम अन्य मुलुकको तुलनामा प्रभाव कमै देखिएको छ।
यद्यपि भियतनाम सरकारले यो भाइरस रोकथामका लागि सामाजिक दूरीसँगै व्यापारव्यवसाय बन्द गरेको छ। जसका कामविहीनसँगै आम्दानी शून्य भएका गरिब जनतालाई बचाउनका लागि भियतनाम सरकारले देशकै व्यापारी र दाताहरुको सहयोगमा राइस एटीएम मेसिनहरु जडान गरेको हो।
राजधानी हनोईमा एउटा ठूलो पानी ट्यांकीभित्र चामल भण्डारण गरिएको छ। जहाँबाट बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हरेक दिन जनतालाई चामल वितरण गरिन्छ। त्यहाँ चामल लिन लाइनमा बसेकालाई आपसमा कम्तीमा पनि ६ फिट दूरी कायम गर्नुपर्ने र चामल लिनुअघि हात सेनिटाइजरले सफा गर्नुपर्ने नियम राखिएको राष्ट्रिय समाचार एजेन्सी भीएनएले जनाएको छ।
राजधानीको मध्य सहर हुईस्थित एउटा कलेजमा राइस एटीएम मेसिन जडान गरिएको छ। त्यहाँबाट जनतालाई दिनमा २ किलो चामल वितरण गरिन्छ।
यसैगरी हो ची मिह्न सहरमा पनि एउटा राइस एटीएम मेसिन चौबीसै घन्टा सञ्चालनमा ल्याइएको छ। डा नाङ सहरमा पनि अर्को सातासम्म दुईवटा राइस एटीएम मेसिन जडान गर्ने तयारी भइरहेको भीएनएले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago