काठमाण्डौ । हालसम्म कोरोना संक्रमित मात्र फेला परेको देशमा एक युवतीको संक्रमणकै कारण मृत्यु हुनसक्ने संभावना बढेको छ ।
एक २३ वर्षीया युवतीको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राख्ने तयारी हुँदै गर्दा आइतबार मृत्यु भएको हो ।
अस्पतालको आइसोलेसनमा राख्ने तयारी हुँदै गर्दा मृत्यु भएकी ती युवतीको तीन पटकसम्म र्यापिड टेस्ट गरिएको र सबैको रिपोर्ट पोजिटिभ आएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार आरडिटी परीक्षणबाट पोजिटिभ रिपोर्ट आए पनि उनको मृत्यु कोरोनाकै कारणले भएको हो या होइन भन्ने विषयमा निश्चित गर्न पीसीआरको रिपोर्ट महत्वपूर्ण हुन्छ ।
ती युवतीको थ्रोट स्वाबको नमूनाको पीसीआर परीक्षणका लागि हेटौडास्थित प्रयोगशालामा पठाइसकिएको र रिपोर्ट आएपछि मात्र यथार्थ थाहा हुने उनले जानकारी दिए ।
चिकित्सकहरुका अनुसार ती युवती केही महिनादेखि ब्लड क्यान्सरबाट पीडित थिइन् । उनी यसअघि बैशाख ४ गते चितवनको भरतपुर अस्पतालमा भनाई भई ५ दिनपछि डिस्चार्ज भएकी थिइन् ।
पछिल्ला केही दिनदेखि ती बिरामीमा श्वासप्रश्वासमा समस्या आएपछि परिवारजनले स्थानीय अस्पतालहरुमा लगेका थिए । तराई हस्पिटलमा उनको दुईपटक र पछिल्लो पटक नारायणी अस्पतालमा एकपटक गरी तीन पटक र्यापिड टेस्ट गरिएको थियो । तीनैवटा रिपोर्ट पोजिटिभ आएको थियो ।
ती युवतीको शव अस्पतालमै राखिएको छ भने परिवारका सबै सदस्यलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19