काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ थप संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ । 

गत २४ घण्टामा १३ हजार २७९ जनाको पीसीआर टेस्ट भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो अवधिमा देशभरबाट १ हजार ६८० संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै निको हुने संक्रमितको कुल संख्या ७३ हजार २३ रहेको छ । यो भने ७२.५३ प्रतिशत हो । 

गत २४ घण्टामा देशभर थप १० संक्रमितको ज्यान गएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ६०० पुगेको छ ।

कुन जिल्लामा कति ?
गत २४ घण्टामा काठमाण्डौ जिल्लामा १ हजार ११६ संक्रमित भेटिएका छन् । यस्तै, भक्तपुरमा १३० र ललितपुरमा १६३ संक्रमित थपिएका छन् । 

यो अवधिमा धेरै संक्रमित भेटिने जिल्लाहरुमा मोरङ(८६), सुनसरी(२६), काभ्रे(४०), चितवन(५१), मकवानपुर(६९), दाङ(६५), बाँके(४५) रहेका छन् । 
भेन्टिलेटरमा उपचार गराउनेको संख्या बढेर ७५ पुगेको छ भने ३१८ संक्रमितको आइसियूमा राखेर उपचार भइरहेको छ । 

गत २४ घण्टामा मृत्यु हुनेमा १ महिला र ९ पुरुष रहेका छन् । 

मृतकहरु झापाका २, सुनसरीका ३, काठमाण्डौका २, ललितपुरका १ र रुपन्देहीका २ जना रहेका छन् ।