काठमाण्डौ । छिमेकी मुलुक भारतमा फेरि कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि सरकारले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। विज्ञप्तिमा भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

मन्त्रालयले सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरेको छ। सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग गर्न पनि विज्ञप्तिमा भनिएको छ। 

कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ।