 
                     
                                
                             
                                    काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई थप ५ करोड २८ लाख अमेरिकी डलर ऋण सुविधा दिने निर्णय गरेको छ। यो ६ अर्ब ८९ करोड ७२ लाख रुपैयाँबराबर हुन आउँछ।
आईएमएफको कार्यकारिणी समितिको बैठकले विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत उक्त ऋण सुविधा स्वीकृत गरेको हो । नेपालले यो ऋण सुविधा दोस्रो किस्ताबापत पाउनेछ।
ईसीएफअन्तर्गत हालसम्म नेपालले कुल १५ करोड ७४ लाख डलर कर्जा सुविधा पाउने भएको छ।
आईएमएफको कार्यकारी समितिले २०२२ जनवरी १२ मा नेपाललाई कुल ३८ करोड ४८ लाख अमेरिकी डलरबराबरको ऋण सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। यो १८० प्रतिशत कोटा हो।
गत वर्ष युक्रेन–रुस युद्धको प्रभावलगायतका चुनौतीपूर्ण विश्वव्यापी र घरेलु वातावरणका बाबजुद पनि नेपालले ईसीएफ समर्थित कार्यक्रमको कार्यान्वयनमा प्रगति गर्दै आएको छ। नेपाली अधिकारीहरुले कोभिड १९ पछिको पुनः प्राप्ति र विश्वव्यापी धक्काको सन्दर्भमा स्थिर समष्टि आर्थिक वातावरण कायम गर्न निर्णायक कदम चालेको आईएमएफले जनाएको छ।
ईसीएफ सुविधाले आर्थिक गतिविधिमा कोभिड महामारी र विश्वव्यापी चुनौतीको प्रभावलाई कम गर्न मद्दत गरेको आईएमफले ठहर छ। समग्र आर्थिक र वित्तीय स्थिरताको संरक्षण गर्ने तथा दिगो विकास र गरिबी न्यूनीकरणमा यसले सहयोग पुर्याउने आईसीएफको लक्ष्य रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19