काठमाण्डौ । सुधारिएको पोषण तथा वृद्धिको लागि दक्षिण एसियाली नीति–निर्माताहरुको संगठन सापलिङले ढाका छलफलपछि यही २४ र २५ अप्रिलका दिन खाद्य प्रणालीहरुका सम्बन्धमा काठमाण्डौ छलफलको आयोजना गर्ने भएको छ। सापलिङ खाद्य प्रणालीका लागि धेरै सरोकारवालाहरु रहेको क्षेत्रीय सहकार्य मञ्च हो।
कार्यक्रमलाई राष्ट्रिय योजना आयोग, नेपालले हाल सापलिङको अध्यक्षता गरिरहेको बीआरएसी, बंगलादेश र विश्वकै सबैभन्दा ठूलो गैरसरकारी विकास संस्था, भारतीय विकास क्षेत्रको थिङ्क एन्ड डु ट्यांक, आईपीई ग्लोबल लिमिटेड र काठमाण्डौमा प्रधान कार्यालय रहेको मुनाफारहित थिंक ट्यांक एकीकृत विकास अध्ययन संस्थान(आईआईडीएस) नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको हो।
सन् २०२२ को डिसेम्बरमा सम्पन्न भएको ढाका खाद्य प्रणाली छलफल क्षृत्रीय सहयोगका लागि सम्भावित अस्त्रहरुका रुपमा तीनवटा विषयगत क्षेत्र जलवायु अनुकूल खाद्य प्रणाली, उत्पादनपश्चात् हुने नोक्सानी घटाउने र खाद्य सुरक्षा मापदण्डमा केन्द्रित रहेको थियो। छलफलले क्षेत्रीय सहयोगको अस्त्रहरुका रुपमा प्राविधिक सहकार्य र स्थानान्तरण, बौद्धिक प्रणालीको सशक्तीकरण र सीमापार निजी क्षेत्रको लगानीमा जोड दिनुपर्ने आवश्यकतालाई औँल्याएको थियो।
काठमाण्डौमा आयोजना हुने कार्यक्रमले दक्षिण एसियामा प्रभावकारी खाद्य प्रणाली निर्माणका लागि ती ३ वटा अस्त्रलाई परिष्कृत गर्नेछ।
नेपालमा हुन लागेको खाद्य प्रणाली सम्मेलनमा विभिन्न अनुसन्धान र शैक्षिक संस्थाका विज्ञहरु, नागरिक समाज, नीजि क्षेत्र, द्विपक्षीय र बहुपक्षीय संघसंस्थाका प्रतिनिधि र समाजसेवीहरुको सहभागिता रहनेछ।
कार्यक्रममा नेपाल योजना आयोग, भुटान र श्रीलंकाका कृषिमन्त्री, नेपालस्थित भारतीय उच्च आयोग र ए२आई बंगलादेशका सरकारी प्रतिनिधिहरुसँग पनि उच्च तहको वार्ता हुनेछ।
बिल गेट्स एन्ड मेलिन्दा फाउन्डेसनको आर्थिक सहायता रहेको सापलिङले दक्षिण एसियाको ५ वटा राष्ट्रमा प्रमाणमा आधारित नीति, कामकारवाही र नेतृत्वलाई मूलधारमा राखेर सहमति कायम गर्ने लक्ष्य लिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19