काठमाण्डौ । नेपालका लागि मित्रराष्ट्र जापानका राजदूत मासामिची सेइगो र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच आज शुक्रबार परिसंघको सचिवालयमा भेटवार्ता भएको छ ।
प्रारम्भमा राजदूत मासामिची सेइगाको स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल जापानबीचको आर्थिक तथा व्यापारिक एवं लगानी र पर्यटनमा रहेको द्धिपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन जोड दिए ।
जापानको आर्थिक तथा व्यवसायिक विकासबाट नेपालले सधै लाभ लिइरहेको र यसलाई थप विस्तार गर्न जापानको लगानी बढाउन सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको र खासगरी उत्पादनमुलक क्षेत्र, कृषि तथा पर्यटनमा लगानीका संभावनाहरु रहेको तर्फ अध्यक्ष मोरले राजदूत मासामिचीको ध्यानाकर्षण गराए ।
नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा नेपालमा जापानी पर्यटकको संख्या बढाउन राजदूतावासले सक्रिय भूमिका निर्वाह गर्न समेत अध्यक्ष मोरले राजदूत समक्ष आग्रह गरे ।
जापानको औद्योगिक क्षमता तथा दक्षतालाई मध्यनजर राख्दै नेपालमा दक्ष जनशक्तिको अभाव रहेकाले जापानमा औद्योगिक परिक्षार्थी आदानप्रदान गर्ने सन्दर्भमा समेत अध्यक्ष मोरले सहकार्य गर्न सकिने बताए ।
सो अवसरमा राजदूत मासामिची सेइगाले जापान र नेपालको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारलाई आफुले प्राथमिकतामा राखेको बताए । द्धिपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार र औद्योगिक प्रशिक्षार्थी आदानप्रदान एंव तालिमका सन्दर्भमा थप मद्दत गर्ने बारे थप गृहकार्य गरी सहकार्य अघि बढाउने राजदूत मासामिची सेइगाले उल्लेख गरे ।
भेटवार्तामा परिसंघका उपाध्यक्षहरु, दूतावासका आर्थिक मामिला हेर्ने अधिकारीसमेतको उपस्थिति थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19