काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसलाई ‘विश्वव्यापी महामारी’ घोषणा गरेपछि विश्वभरका सेयरबजारमा बिहीबार नकारात्मक प्रभाव परेको देखियो। नेपालको सेयरबजार पनि यो साता कारोबारको अन्तिम दिन दोहोरो अंकको गिरावटका साथ बन्द भएको छ।
लगातार गिरावट देखिएको नेप्से परिसूचकमा हिजो बुधबार उछाल आए पनि आज ४५.९१ अंकको गिरावट आएको छ। यो गिरावटसँगै नेप्से परिसूचक १३७७.१८ को विन्दुमा झरेको छ।
कोरोनाभाइरसबाट विश्व सेयरबजार डामाडोल भएको अवस्थामा त्यसको प्रभाव नेपालमा परेको जानकारहरु बताउँछन्। अत्याधिक गिरावटको फाइदा उठाउँदै संस्थागत लगानीकर्ताहरुको आक्रामक खरिदचाप पर्दा हिजो बजारमा बढोत्तरी देखिएको उनीहरुको भनाइ छ।
यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ९.१९ अंकको गिरावटसँगै २९५.५० को विन्दुमा सीमित बन्न पुग्यो। समग्र कारोबार मापक फ्लोट इन्डेक्स ३.३२ अंकको गिरावट आउँदा ९७.७८ को विन्दुमा झर्यो।
आजको बजार घट्नुले कोरोनाबाट लगानीकर्ताहरुको मनोविज्ञानमा असर परेको देखिएको जानकारहरु बताउँछन्।
आज नेप्से उपसमूहमा रहेका १२ वटै समूहमा रातो पोतियो।
यो दिन होटेल्स् र निर्जीवन बिमा समूहमा सबैभन्दा बढी गिरावट देखियो। होटेल्स् समूहमा ५.३२ प्रतिशत र निर्जीवन बिमा समूहमा गिरावट आयो। बैंकिङ समूहमा ३.२३ प्रतिशत, व्यापार समूहमा १.४२ प्रतिशत, विकास बैंक समूहमा २.४७ प्रतिशत, जलविद्युत् समूहमा ३.२५ प्रतिशत, वित्त समूहमा २.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.६९ प्रतिशत, अन्य समूहमा २.१३ प्रतिशत, लघुवित्त समूहमा ३.८६ प्रतिशत, जीवन बिमा समूहमा २.९२ प्रतिशत र म्युचुअल फन्ड समूहमा १.८३ प्रतिशतको गिरावट आयो।
धेरै कारोकार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृत १८२ कम्पनीका ५६ लाख ८६ हजार ६८१ कित्ता सेयर २ अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ रुपैयाँमा कारोबार भयो।
यो दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उच्च कारोबार गर्यो। यो कम्पनीले मात्र १९ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार गर्न सफल भयो। त्यस्तै एनआईसी एसिया बैंकले ११ करोड ६३ लाख रुपैयाँ, एनएमबी बैंकले ९ करोड ४१ लाख रुपैयाँ, शिवम् सिमेन्टले ७ करोड ८२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीले ७ करोड ७ लाख रुपैयाँ, नेपाल बैंकले ५ करोड ८९ लाख रुपैयाँ, नबिल बैंकले ५ करोड २३ लाख रुपैयाँ, वोमी लघुवित्तले ४ करोड ७२ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकले ४ करोड ४९ लाख रुपैयाँ र नागरिक लगानी कोषले ४ करोड २ लाख रुपैयाँबराबरको कारोबार गरे।
धेरै कमाउने र गुमाउनेहरु
आजको दिन कारोबारमा आएका ९ कम्पनीहरुले मात्र कमाउन सफल भए भने १७३ कम्पनीहरुले गुमाए।
यो दिन श्री इन्भेस्टमेन्ट फाइनान्सले सबैभन्दा धेरै कमायो। यो कम्पनीको सेयरमूल्यमा २.४८ प्रतिशतको वृद्धि भयो।
आज स्वाभिमान लघुवित्त र राधी विद्युत् कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो। स्वाभिमान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको गिरावट आयो भने राधी विद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो।
त्यस्तै हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्यमा पनि ९ प्रतिशत बढीको गिरावट देखियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago