 
                     
                                
                             
                                    काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरुलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्।
श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधानसम्बन्धी दुई दिवसीय अन्तरक्रियामा प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपाली कामदारहरुले अनेकन समस्या झेल्नुपरेकोमा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिएका हुन्। सरकारले पहिलोपटक विदेशस्थित नेपाली राजदूतहरुलाई बोलाएर नेपाली श्रमिक तथा कामदारहरुले भोग्नुपरेका समस्या र कठिनाइहरुबारे छलफल गरेको हो।
कार्यक्रममा राजदूतहरुले आफ्नो रिपोर्ट राख्नुका साथै आगामी कार्ययोजनासमेत निर्माण गरिएको छ।
प्रधानमन्त्री दाहालले अन्तरक्रियामा राजदूतहरुले उठाएका विषयहरु सम्बोधन गर्दै निर्देशित गरेका छन्। सम्बोधनमा प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध, नेपालको पर्यटन प्रवर्द्धन र विदेशमा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न जोड दिए।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19