nepal army
काठमाण्डौ । आतंकवादको चुनौतीलाई ध्यान दिँदै चिनियाँ सेनासँग हुने सैन्य अभ्यासको अन्तिम तयारी गर्न नेपाली सेनाको उच्च टोली मंगलबार चीन गएको छ ।
सेनाको विशेष सुरक्षा बलका बाहिनीपति सहायकरथी झंकर कठायत नेतृत्वको टोली संयुक्त अभ्यासको मोडालिटीलाई अन्तिम स्वरुप दिन चीन गएको हो ।
टोलीमा युद्धभैरव गणका कमान्डेट महासेनानी मदन केसी पनि सहभागी छन् । विश्वभर बढ्दो आतंकवादको चुनौतीलाई ध्यानमा राखेर पहिलोपटक सेनाले चिनियाँ जनमुक्ति सेनासँग संयुक्त सैन्यअभ्यास गर्न लागेको हो ।
अभ्यास चैत दोस्रो साता (मार्च महिनाभित्रै) गर्ने तयारी भइरहेको सैनिक स्रोतले उल्लेख गरेको छ । सेनाले सैन्य कुटनीतिका माध्यमबाट मित्रराष्ट्रका सैनिक संगठनसँग द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन विभिन्न राष्ट्रसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । नेपाल–चीन संयुक्त अभ्यासलाई ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसीप फर्स्ट’ नाम दिइएको छ । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago