काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ  र भारतीय उद्योग परिसंघद्वारा संयुक्त रूपमा आयोजित नेपाल–भारत व्यापार तथा लगानी अभिवृद्धि  विषयक व्यवसायिक वेभिनार छलफल कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष भवानी राणाले सम्बोधन गरिन् । आफ्नो सम्वोधनको क्रममा अध्यक्ष राणाले नेपाल भारत बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार माथि प्रकाश पारिन् । उर्जावान जनशक्ति र प्राकृतिक स्रोत साधननै दुवै देशको सवैभन्दा ठूलो शक्ति भएकाले यसको समुचित उपयोग मार्फत समृद्धिको यात्राका लागि सहकार्यमा उनले. जोड दिइन् । महासंघ र सीआईआई बीचको आपसी सम्बन्धको चर्चा गर्दै दुवै संस्थाको सहकार्यबाट आपसी हितमा थुप्रै क्षेत्रमा सहकार्य र प्रतिफल समेत प्राप्त भएको स्मरण अध्यक्ष राणाले  उल्लेख गरिन् ।  कोभिड पश्चात विश्वको आर्थिक परिदृश्यमै आमूल परिवर्तन आउने कुराको संकेत दिदै अध्यक्ष राणाले त्यसको तयारीका लागि आगामी दिनमा महासंघ र सीआईआई दुवै संस्था बीचको सहकार्य अझ घनीभूत ढंगमा अगाडि बढनुपर्ने धारणा राखिन् । 

नेपालस्थित भारतीय राजदूतावासका द्वितिय वाणिज्य सचिव कपिध्वज प्रताप सिंले महासंघ र सीआईआईले निकै सान्दर्भिक कार्यक्रम आयोजना गरेकोमा खुुशी व्यक्त गर्दै आपसी लाभका क्षेत्रमा आगामी दिनमा सहकार्यलाई अझ बढी सशक्त ढंगबाट लैजानुपर्ने र त्यसका लागि भारतीय दूतावासका तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाए ।  

कार्यक्रममा सीआईआई साउथ एशिया कमिटिका सहअध्यक्ष एवं हाइड्रो विजनेस जीएमआर ग्रुपका सीओओ हरविन्दर मान्चोले कार्यक्रमको महत्वमाथि प्रकाश पार्नुहुंदै कोभिडबाट आर्थिक तथा सामाजिक जीवनमा अत्यन्त नकारात्मक असर परेको यथार्थता राख्दै कोभिड पश्चातको आपसी आर्थिक सहकार्य, व्यापार तथा लगानी विस्तारका लागि रणनीति तय गर्न कार्यक्रमले सहयोग पुग्ने विश्वास प्रकट गरे । सीआईआई र महासंघ बीचको सहकार्य माथि प्रकाश पार्दै उनले कार्यक्रम आयोजनमा सहयोग पु¥याएकोमा महासंघलाई धन्यवाद समेत दिए ।  

छलफल कार्यक्रममा भारतका तर्फबाट अशोककुमार प्रुष्टि राकेश गउर चैतन्य कागलकार ,अन्कुल भट्टाचार्य र नेपालको तर्फबाट महासंघका कार्यकारिणी समिति सदस्य एवं निम्वसका व्यवस्थापन निर्देशक आनन्द बगारिया, एफक्यानका वरिष्ठ उपाध्यक्ष निकोलास पाण्डे र होटल संघ नेपालका अध्यक्ष सृजना राणाले पूर्वाधार, उर्जा, कृषि, उत्पादनमुलक र सेवा क्षेत्रमा विषयगत प्रस्तुति दिएका थिए । 

कार्यक्रमको अन्त्यमा महासंघका महानिर्देशक धरणीधर खतिवडाले कार्यक्रमले दुवै देश बीच कोभिड पश्चात आपसी सहकार्य एवं  आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी प्रवद्र्धनमा महत्वपूर्ण मार्ग निर्देश गरेको स्पष्ट पारे । साथै उनले महासंघ र सीआईआईबीच अहिलेको कठिन घडीमा निरन्तर संवादमा समेत जोड दिए ।