काठमाण्डौ। नेपाल र भारतका बैंक तथा वित्तिय क्षेत्रमा हुनसक्ने सम्भाव्य सहकार्य र नीतिगत सुधारबाट यस क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्ने उद्देश्यका साथ भोलि शुक्रबार काठमाण्डौमा नेपाल इन्डिया बीएफएसआई पार्टनरसिप समिट –२०२२ हुने भएको छ।
कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्नेछन्। यस समिटको मुख्य उद्देश्य दुई देशबीचका बैंक तथा वित्तीय संस्थाहरुबीच के–कस्ता कार्यहरुमा सहभागिता गर्न सकिन्छ, दुई देशबीच लगानी, रेमिटेन्स्, व्यापार, बैंकिङ विषयहरुमा के कस्ता समस्याहरु छन् र ती समस्याहरु निवारण गर्नका लागि के–कस्ता नीतिगत सुधारको आवश्यकता पर्दछ भन्ने विषयहरु छलफल गर्ने रहेको छ।
बैंकिङ, फाइनान्स एन्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल र इन्डिया–नेपाल सेन्टर, पीएचडी चेम्बर अफ कमर्स भारतको सहकार्यमा पार्टनशीप समिट हुन लागेको हो। पाँचवटासत्रमा विभाजित एक दिने समिटमा दुईदेशका बैंक तथा वित्तीय क्षेत्रका विज्ञहरुबाट कार्यपत्र प्रस्तुति र छलफल हुनेछ। सम्मेलनमा नेपाल र भारतका बैंक तथा वित्तिय क्षेत्रका वरिष्ठ कर्मचारीहरुको सहभागिता रहनेछ।
कार्यक्रमको दोस्रोसत्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अध्यक्षता गर्नेछन्। यस सत्रमा विषय विज्ञकोरुपमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु डा. गुणाकर भट्ट, डा. प्रकाश कुमार श्रेष्ठ, रामु पौडेल, गुरुप्रसाद पौडेलले नेपालको प्रतिनिधित्व गर्नु हुनेछ। त्यसैगरी अनुकुल भट्नाकर र सुदिन राय चौधरीले भारतका तर्फबाट प्रतिनिधित्व गर्नेछन्।
समिटको तेस्रो सत्र पूर्वगभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले अध्यक्षता गर्नेछन्। यस सत्रमा डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युम्न पोखरेल, नेपाल वित्तिय संस्था संघका अध्यक्ष सरोजकारी तुलाधर, नेपाल लघुवित्त वैकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, नेपाल एसविआइ बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत एमडी रिजवान आलम र एफ वान सफ्टका अध्यक्ष विश्वाष ढकालले नेपालका तर्फबाट आफ्नो भनाइहरु राख्नेछन्।
त्यसैगरी भारतका तर्फबाट केएलएसएन राव अध्यक्ष साउदन इन्डिया बैंकस स्टाफ ट्रेनिङ कलेजका प्रिन्सिपलले प्रतिनिधित्व गर्नेछन्।
चौथो सत्रमा बीएफएसआइ विज्ञ, नेपाल एसबीआई बैंकका पूर्वप्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भट्नाकरले गर्नेछन्। यस सत्रमा इन्भेस्टमेट बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले इन्भेस्टमेन्ट क्लाइमेट इन नेपाल विषयमा किनोट स्पिच दिने कार्यक्रम रहेको छ।
यस सत्रमा नेपाल एसविआइ बैंकका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, एनएमवि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र भारतका तर्फबाट सीमा जागरण मार्च भारतका उद्यमी एवं संयोजक महेश कुमार अग्रवालले प्रतिनिधित्व गर्ने कार्यक्रम रहेको छ।
कार्यक्रमको अन्तिम सत्र नेपाल र इन्डिया–नेपाल सेन्टर, पीएचडी चेम्बर अफ कमर्सका नोडल कोअर्डिनेटर अतुल ठाकुरले अध्यक्षता गर्नेछन्। यस सत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोय नारायण ज्ञवालीले इन्डस्ट्रियल रिलेसन विटुइन नेपाल एन्ड इन्डिया विषयमा किनोट स्पिच दिनेछन्।
यसै सत्रमा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, ट्रेड एन्ड एक्पोर्ट प्रोमोशन सेन्टरका डेपुटी कार्यकारी निर्देशक सुयस खनाल, सूर्य नेपाल लिमिटेडका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रवी रायवरम, डावर नेपाल लिमिटेडका विजनेश हेड एचएस वेदी र कान्तिपुर पब्लिकेशनका प्रमुख कार्यकारी अधिकृत महेश स्वारले आ–आप्mनो विषयमा धारणाहरु राख्नेछन्।
यस कार्यक्रमलाई सफल बनाउन नेपाल बैंक लिमिटेडले टाइटल स्पोन्सर गरेको छ भने मुख्य स्पोन्सरका रुपमा नेपाल एसबिआई बैंक लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, नेसनल इन्स्योरेन्स र भिक्टोरिया युनिभर्सिटी अस्ट्रेलिया रहेका छन्।
कार्यक्रमको सहप्रायोजककोरुपमा लक्ष्मी बैंक, नविल बैंक, महालक्ष्मी विकास बैंक, साइन रेसुंगा डेभलपमेण्ट बैंक, गरिमा विकास बैंक, नेको इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र केयर रेट्रि««ङ नेपाल रहेका छन्। सहप्रायोजकको रुपमा डिभनवाइ अन्तर्गत नेक्सन इभि, इकमर्श पार्टनर दराज रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19