काठमाण्डौ । नेपाल सेवा लघुवित्त संस्था लिमिटेडले मर्जर प्रक्रियाका लागि आफ्नो संस्था धितोपत्र कारोबार रोक्का गरिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई सूचित गरेको छ।

संस्थाले आज बुधबार नेप्सेमा पत्र पठाउँदै मर्जर प्रक्रियाका लागि आफ्नो संस्था धितोपत्र कारोबार रोक्का गरिदिन आग्रह गरेको हो। संस्थाले मर्जर प्रक्रिया नटुंगेसम्मका लागि धितोपत्र कारोबार रोक्का गरिदिन नेप्सेमा सूचना पठाएको छ। 

नेपाल सेवा र विन लघुवित्तबीच आपसमा मर्जरमा जाने भएका छन्। दुवै संस्थाले हिजो मंगलबार मर्जरमा जान प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

नेपाल सेवा नेप्सेमा सूचीकृत कम्पनी हो । विन लघुवित्त भने नेप्सेमा सूचीकृत छैन।