काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओमा दोश्रो दिनसम्म ३१ लाख १५ हजार ७९० कित्ताका लागि आवेदन परेको छ ।
यो भनेको मागभन्दा २०.६ गुणाले बढी हो ।
यो कम्पनीको आइपीओमा पहिलो दिन आइतबार ७.४९ गुणा बढी आवेदन परेकोमा दोश्रो दिन सोमबार झै बढी आवेदन परेको देखिएको हो ।
देशभरबाट १ लाख ४५ हजार २२६ जनाले आइपीओ खरीदका लागि आवेदन दिएका हुन् ।
यो कम्पनीले १०० रुपैयाँ अंकित दरका १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ निश्कासन गरेको हो ।
कम्पनीले निश्कासन गरेको कुल कित्तामध्ये २ हजार ४८९ कम्पनीका कर्मचारीका लागि, ८ हजार ८९ कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १ लाख ५१ हजार २०० कित्ता मात्रै सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।
आइपीओमा न्यूनतम १० र अधिकतम ८०० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेड रहेको छ ।
रु। ३ करोड भन्दा कमको आइपीओलाई क्रेडिट रेटिंग गर्न नपर्ने सुविधा उपलब्ध छ ।
वि.सं. २०७३ सालबाट संचालनमा आएको यो लघुवित्त वित्तीय संस्थाको मुख्य कार्यालय कास्कीको पोखरामा छ ।
हाल यो कम्पनीको कार्यक्षेत्र कास्कीसहित पर्वत, बाग्लुङ, पाल्पा, सल्यान, गुल्मी, तनहुँ, लमजुङ, प्यूठान र रोल्पा रहेको छ ।
लघुवित्तको आइपीओ लगानीका लागि आकर्षणको केन्द्र रहेकोले उचालिएर धेरै आवेदन दिनु बेकार हुनेछ । तसर्थ, १००० रुपैयाँ हालेर १० कित्ताका लागि आवेदन दिनु उचित हुन्छ । भाग्य बलियो भए लघुवित्तको सेयर परे, त्यसले राम्रो रिटर्न दिन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago