काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ बाँडफाँड भएको छ ।
सेयर निश्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमीटेडको हात्तीसारस्थित मुख्य कार्यालयमा एक समारोहका बीच आइपीओ बाँडफाँड गरिएको हो ।
दश कित्ताको दरले कुल १५ हजार १२० आवेदकले सेयर पाएका छन् ।
यो कम्पनीको आइपीओ खरीदका लागि परेका आवेदनमध्ये ३ लाख १४ हजार ९२५ सदर भएका थिए । ७०५ आवेदन रद्ध भएका थिए ।
यो हिसाबले २ लाख ९९ हजार ८०५ आवेदकले सेयर पाएनन् ।
कम्पनीले आफ्ना कर्मचारीसहित सर्वसाधारण लगानीकर्ताका लागि १ लाख ५३ हजार ६८९ कित्ता आइपीओ निश्कासन गरेको थियो । कम्पनीका ६६ कर्मचारीले २ हजार ४८९ कित्ता सेयर पाएका छन् ।
यो कम्पनीले बैशाख ८ देखि ११ गतेसम्म आइपीओ निश्कासन गरेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago