काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आफ्नो नाममा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडमा रहेको ३ लाख ३२ हजार कित्ता संस्थापक सेयर बेच्न शुक्रबारदेखि लिलामीमा राखेको छ। 

आरएमडीसीको सेयर किन्न इच्छुक लगानीकर्ताले साउन १६ गतेसम्म नेपाल राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमा आइपुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । 

लिलामीका लागि राष्ट्रबैंकले प्रतिकित्ता सेयर न्यूनतम मूल्य २६१ रुपैयाँ अंकित गरेको छ । लगानीकर्ताले यो मूल्य न्यूनतम आधार मानी सोभन्दा माथि मूल्यको बोलकबलका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले खरिद गर्न चाहेको सेयरको ५ देखि १० प्रतिशत रकम धरौटीका रुपमा राख्नुपर्ने छ। सेयर खरिदका लागि आवेदन दिँदा अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन शुल्क भने ५०० तोकिएको छ। 

नेपाल राष्ट्र बैंकले साउन १९ गते शिलबन्दी खोल्ने छ । लगानीकर्ताको प्रस्तावित आवेदनका आधारमा सबैभन्दा धेरै मूल्य बोलकबल गर्नुहरुलाई सेयर बिक्री गर्दै जानेछ।

हाल दोसे बजारमा यो लघुवित्तको संस्थापक सेयरको मूल्य ३५० रुपैयाँ रहेको छ ।