काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १६.४८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई उक्त प्रतिशतबराबर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा बोनस सेयर ६ प्रतिशत र १०.४८ प्रतिशत नगद लाभांश (करसहित) हुने बैंकले जनाएको छ।
प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाइने र त्यहाँबाट स्वीकृत भएपछि आगामी २६ औँ साधारणसभाबाट प्रस्तावित लाभांश स्वीकृत गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago