काठमाण्डौ । नेपाल बैंक लिमीटेडले लकडाउन लगत्तै २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ । 

बैंकले १००० दरका ऋणपत्र जारी गर्न खोजेको हो । 

बैंकले ‘१०% एनबिएल डिवेञ्चर्स–२०८३’ जारी गर्न लागेको हो । 

वार्षिक १० प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा लगानी गर्नेले अर्धवार्षिक रुपमा ब्याजको भुक्तानी पाउनेछन् । 

नेपाल राष्टबैंकले मौद्रिक नीतिमार्फत कोर क्यापिटलको २५ प्रतिशत ऋणपत्र निश्कासन गरी दीर्घकालीन स्रोत व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिदिएपछि अधिकांश वाणिज्य बैंकहरुले ऋणपत्र निश्कासन गरिसकेका छन् । 

यसैबीच, नेपाल बैंकले जारी गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिने इक्रा एनपी एलएको रेटिङ प्रदान गरेको छ ।