नेपाल टेलिकम
                                    काठमाण्डौ । नेपाल टेलिकमले नेपाल सरकारबाट सञ्चालित '.gov.np' dom का करिब ५सय ५० वटा वेबसाइटहरु जीएसएम मोबाइल सेवाबाट नि:शुल्क हेर्न सकिने नयाँ सेवा बैशाख १ गतेबाट ल्याएको छ । नेपाल टेलिकमद्धरा मंगलबार आयोजित एक पत्रकार सम्मेलन मार्फत नेपाल सरकारका वेबसाइटहरु जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्ररुपमा ब्राउज गर्न समेत सकिने जानकारी दिएको हो । नि:शुल्क हेर्न सकिने नेपाल सरकारका उल्लिखित वेबसाइटहरुको सूची कम्पनीको वेबसाइटमा उपलब्ध गराइएको छ ।
यसैगरी ग्राहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल टेलिकमले मोबाइलबाट *1415# डायल गरी नाइट डाटा प्याक, फेशबुक प्याक, स्पेशल डाटा प्याक, स्मल डाटा प्याक, नियमित डाटा प्याक र न्यू इएर डाटा प्याक लिन सकिने सुविधा समेत उपलब्ध गराएको छ ।
यस्तै छिटोछरितो सेवाका लागि नेपाल टेलिकमले फरक सिस्टमबाट बिलिङ्ग तथा ग्रहाकसेवा हुँदै आएका कम्पनीका विभिन्न सेवाहरुलाई बैशाख १० गतेदेखि एकै सिस्टममा अन्तर्गत बिलिङ्ग कन्भर्जेन्ट रियल टाइम बिलिङ्ग सिस्टम (CRTB System) बाट गर्न थालेको छ ।
नोपल टेलिकमले हाल कम्पनीको अप्टिकल फाइवर सञ्जालमा रहकेका ५५ जिल्ला समेटिएकोमा सञ्जाललाई थप विस्तार गरि पहाडी जिल्लामा एक्सचेन्ज, बिटिएस, रिपिटरहरुलाई समेत समेट्ने गरी कम्पनीद्वारा नयाँ ADSS फाइवर आयोजनाको कार्य अगाडी बढाएको छ । टेलिकमले नयाँ आयोजना अन्तर्गत कुल एक हजार कि.मि. को मार्गमा अप्टीकल फाइबर नेटवर्क विस्तार गर्ने भएको छ । जुन नेटवर्कले देशका विभिन्न दुर्गम तथा विकट स्थानहरुमा समेत भ्वाइस, डाटा तथा भिडीयो सेवा प्रदान गर्न सकिने गरी सूचना मार्गको बिस्तार गर्नेछ । भोजपुर, संखुवासभा, खोटाङ्ग, रामेछाप, दोलखा, मुस्ताङ्ग, दैलेख, डडेलधुरा, डोटी, बैतडी, अछाम र अन्य स्थानहरुलाई कम्पनीको विद्यमान अप्टिकल फाइबर केवल संरचनामा नेटवर्क आवद्ध गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । आयोजनाको समापन पश्चात कम्पनीको अप्टिकल फाइवर सञ्जालमा कुल ६६ जिल्ला आवद्ध हुनेछन् ।
यस्तै नेपाल टेलिकमले २०७४ बैशाखको पहिलो हप्ताबाट मुलुककै एक प्रमुख पर्यटकीय स्थल मुगु जिल्लाको रारा ताल क्षेत्रमा थ्रीजि सेवा संचालनमा ल्याएको छ । सो क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सूचना तथा सञ्चारको पहुँचमा सहजता प्रदान गर्न थ्रीजि सेवाबाट रारा ताल आसपासका साथै रारा (ताल्चा) विमानस्थल क्षेत्रमा समेत सेवा पुर्याएको छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19