काठमाण्डौ । नेपाल रेमिट इन्टर्नेशनल प्रा.लि.ले नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआइ) को प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ ।
यो व्यवस्थासँगै नेपाल रेमिटका सानो मुल्यका भुक्तानी कारोबारहरु कनेक्ट आइपीएस इपेमेन्ट प्रणाली मार्पmत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिनेछ भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल आइपीएस मार्पmत तोकिएको समय सीमामा मध्यम र ठूलो मुल्यका भुक्तानी कारोबारहरु गर्न सकिनेछ । यस आबद्धतासँगै नेपाल रेमिटको बैंक खातामा आधारित रेमिटेन्स भुक्तानी सम्बन्धी सेवा प्रवाहमा उलेख्य सुधार आउने कम्पनीले विश्वास लिएको बताएको छ ।
विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआइ मार्फत हाल उपलब्ध कनेक्ट आइपीएस र एनसीएचएल आइपीएसको सञ्जालमा क्रमश ५६ र ६४ सदस्य बैंक तथा वित्तीय संस्थाहरु आबद्ध रहेका छन् । एनसीएचएले एनसीएचएल इसीएचएल इसीसी,एनसीएचएल आइपीएस,कनेक्ट आइपीएस इपेमेन्ट र एनपीआइ प्रणालीहरु सञ्चालन गर्दै आएको छ । यसमा हाल आईएमई लिमिटेड, सिटी एक्सप्रेस मनि ट्रान्सफर, जीएमई रेमिट, भाटभटेनी रेमिट, क्यासवे मनि ट्रान्सफर, आईपे रेमिट, ललित मनि ट्रान्सफर र ईजीलिंक रेमिटेन्स गरी ८ भन्दा बढि रेमिटेन्स कम्पनीहरु समावेश छन् भने अन्य ३१ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् जसमा पिएसपी÷ पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु रहेका छन् ।
नेपाल रेमिट देशका मुख्य रेमिटेन्स कम्पनीहरु मध्येको एक हो । नेपाल राष्ट्र बैंकबाट लाईसेन्स प्राप्त यस कम्पनीले विदेशबाट नेपाल भित्रिने रेमिटेन्सहरु देशका विभिन्न भागहरुमा छिटो र छरितो तरिकाले पुर्याउने गर्दछ भने आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नयाँ प्रविधिहरुको प्रयोग गर्न पनि सधैँ तत्पर रहेको कम्पनीले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago