काठमाण्डौ। नेपाल एसबीआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरास्थित मानवसेवा आश्रममा आवश्यक सोलार वाटर हिटर, १० वटा बंक बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको छ। 

सन् २०१८ मा सञ्चालन भएको उक्त सामाजिक संस्थाले सडकमा बस्ने शारीरिक तथा मानसिक रुपमा असक्त व्यक्तिहरुको उद्धार तथा पुनस्र्थापनामा सहयोग गर्दै आएको छ। मकवानपुरको हेटौँडामा प्रधान कार्यालय रहेको  आश्रमले ७ प्रदेशका १७ केन्द्रहरुबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।  

उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा उपप्रबन्ध निर्देशक, इन्टरनेसनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंकका सोमा शंकरा प्रसाद, उपप्रबन्ध निर्देशक तथा समूह अनूपालना अधिकृत, भारतीय स्टेट बैंकका बीआरएस सत्यनारायण, प्रमुख महाप्रबन्धक, इन्टरनेसनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंक तथा अध्यक्ष, नेपाल एसबिआई बैंकका विरन्ची नारायण रथ, उपमहाप्रबन्धक, इन्टरनेशनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंक, नेपाल एसबीआई बैंकका सञ्चालकहरु बाल कृष्ण श्रेष्ठ, अर्जुनकुमार गौतम, विमला सुवेदी, प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपककुमार दे तथा बैंकका अन्य विशिष्ट अधिकारीहरुको उपस्थिीतमा आश्रमका गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिना तथा पोखरा जिल्ला संयोजक राजन सापकोटालाई उक्त सामानहरु ह्स्तान्तरण गरियो।