काठमाण्डौ । नेप्सेमा सूचीकृत दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम मौका रहेको छ।
नेपाल हाइड्रो डेभलपर र महालक्ष्मी विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल हाइड्रो र महालक्ष्मी विकास बैंकले भोलि (चैत ३ गते) बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज (चैत २ गते) सम्म कायम सेयरधनीहरुमात्र यी दुवैको प्रस्तावित लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
नेपाल हाइड्रोले गत आर्थिक वर्षका लागि कुल १५.०७८९५ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश कम्पनीको यही चैत १७ गते हुने १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारणसभाबाट अनु्मोदन हुनेछ।
यसैगरी महालक्ष्मी विकास बैंकले कुल ९.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८.८ प्रतिशत बोनस सेयर र ०.४६ नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
बैंकद्वारा प्रस्तावित लाभांश यही चैत १३ गते हुने १९ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउने छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19