काठमाण्डौ । नेपाल एसबीआई बैंकका भिजा डेबिट कार्डवाहक ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा विभिन्न सेवा लिँदा छुट पाउने भएका छन्।

बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच बैंकका ग्राहकलाई छुट दिने विषयमा सम्झौता भएको हो। सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा सिद्धार्थ बिजनेस ग्रुपका निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन्। 

सम्झौता कार्यक्रममा बैंकका सल्लाहकार छपिराज पन्त तथा व्यवसाय प्रवर्द्धन शाखाका प्रविन मुनी बज्राचार्यको उपस्थिति थियो ।