काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ३.५ अर्ब रुपैयाँबराबरको ऋणपत्र आउँदो वैशाख २२ गतेबाट निष्कासन गर्ने भएको छ।
बैंकले १० वर्षे अवधिको ‘८.५% नेपाल बैंक ऋणपत्र–२०८७’ निष्कासन गर्ने भएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ निष्कासन गर्नेछ।
यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ। सार्वजनिक निष्कासन गरिने १४ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुने ७० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार इकाइ बाँडफाँड गरी बाँकी १ अर्ब ३८ करोड ५० लाख रुपैयाँ ऋणपुँजी रकमबराबरको इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। ऋणपत्र निष्कासन छिटोमा वैशाख २६ गते र ढिलोमा जेठ ५ गते बैंकिङ समयपछि बन्द हुनेछ।
नेपाल बैंकको यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइसम्मका लागि आवेदन दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डले गत चैत १३ गते निष्कासन दिएको यस ऋणपत्रमा बैंकले लगानीकतर्नालाई वार्षिक ८.५ प्रतिशत ब्याज उपलब्ध गराउनेछ। ब्याजदरको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।
धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago