काठमाण्डौ। कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनको अवस्था छ। यस विषम परिस्थितिलाई मध्यनजर गरी नेपाल टेलिकमले वैशाख ३१ देखि १ महिनाका लागि ‘लकडाउन स्टे कनेक्टेड अफर’ का रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ।
अनलिमिटेड डे डाटा प्याक अफर रु. ३९ मा उपलब्ध हुनेछ। सो डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ। यस अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घन्टाको हुनेछ।
दैनिक रुपमा एक पटकमात्र सो प्याक खरिद गर्न सकिनेछ। यो प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्ममात्र चलाउन सकिने भएकोले सो समय अघि वा पछि डाटा चलाउँदा ग्राहकले खरिद गरेको अन्य डाटा प्याक वा पे एज यु गो उपयोग हुनेछ।
यस अवधिमा एमपोस अर्थात विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराइनेछ। रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा ५०० एमबी डाटा उपलब्ध गराइनेछ र सो डाटा २ दिनभित्र प्रयोग गर्न सकिनेछ।
यसैगरी रु. ५०० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइनेछ र सो डाटा ४ दिनभित्र प्रयोग गर्न सकिनेछ।
यी अफरहरु फोरजी नेटवर्कमा प्रयोग गरी तीव्र गतिको डाटा प्रयोग गर्ने अवसरको सदुपयोग गर्न सकिन्छ। यसका साथै आफ्नो मोबाइलको सिमले फोरजी नेटवर्क प्रयोग गर्न सक्ने वा नसक्ने जाँच गर्न तथा फोरजी नेटवर्क एक्टिभेट गर्नका लागि *444# डायल गर्नुपर्दछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago