काठमाण्डौ । नेपाल बंगलादेश बैकले मकवानपुर जिल्लाको मकवानपुगढी गाउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ।
नेपाल बंगलादेश बैंक, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि, मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौपक्षीय सम्झौताअनुसार मकवानपुरगढीे गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंबाट किसान कृषि लोन कार्ड हस्तान्तरण गरी यही असार २५ गतेबाट लगानीको सुरुआत गरिएको हो। यसबाट पहिलो चरणमा मकवानपुरगढी गाउँपालिका वडा नं. ३ का २५ जना कृषक लाभान्वित हुने बैंकले जनाएको छ।
यस योजनाअन्तर्गत बिनाधितो एकैप्रकारको ब्यासाय गर्ने र एउटै क्षेत्रका किसानलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ।
कृषकहरुले कर्जाको साथै त्यतिनै सीमा बराबरको क्यू आर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन्।
उक्त कार्डबाट कृषकहरुले सामान खरिद गर्दा कार्डको क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन्। नगदरहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्यसहित नेपाल बंलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकलाई पनि समेटेर यो योजना ल्याएको बैंकले जनाएको छ।
बैंकले पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा मकवानपुरगढीे गाउँपालिकाबाट सुरु गरी नेपाल अधिराज्यभरि नै यस किसिमको कर्जा विस्तारित गर्दै ग्रामीण भेगका कृषकहरुलाई विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्न प्रोत्साहन गर्नुका साथै कृषकहरुको जीवनस्तर उकास्न सहयोग गर्ने पनि जानकारी गराएको छ।
हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको कुरा पनि जानकारी गराएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago