काठमाण्डौ। लन्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेसनलले नेपाल एसबिआई बैंकलाई ‘बेस्ट कर्पोरेट बैंकिङ सलुसन्स नेपाल अवार्ड २०२१ बाट सम्मानित गरेको छ। 

उक्त सम्मान क्यापिटल फाइनान्स इन्टरनेसनलले कार्यसम्पादन उत्कृष्टताका आधारमा वार्षिक रुपमा प्रदान गर्दै आएको छ। सोही कार्यसम्पादन उत्कृष्टताका आधारमा नेपाल एसबिआई बैंकले यो अवार्ड हात पात सफल भएको हो। 

सन् १९९३ मा स्थापित नेपाल एसबिआई बैंकले आफ्ना १० लाखभन्दा बढी ग्राहकलाई ५१ जिल्लामा फैलिएका ११८ आउटलेटबाट सेवा प्रदान गर्दै आइरहेको छ।