काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले टाटा गाडी खरिद गर्न सिप्रदी ट्रेडिङ प्रालिका ग्राहकलाई हायर पर्चेज कर्जा प्रदान गर्ने भएको छ। 

नेपाल एसबिआई बैंक र सिप्रदी ट्रेडिङबीच कर्जा सुविधाका विषयमा सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका रिटेल तथा एसएमई प्रमुख बद्रीलाल अमात्य तथा सिप्रदी ट्रेडिङका बिक्री तथा प्रवर्द्धन महाप्रबन्धक अनुप मनि ढकालले हस्ताक्षर गरेका छन्। सम्झौता हस्ताक्षर समारोहमा बैंकका प्रमुख कर्जा अधिकृत विनोदकुमार ढुंगेलका साथै सिप्रदी ट्रेडिङका अन्य उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो।

यस बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।