काठमाण्डौ। नेपाल एसबिआई बैंकले आईसीएफसी फाइनान्सका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउने भएको छ।

यो सुविधाका विषयमा आज नेपाल एसबिआई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता भएको छ। नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा आईसीएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठबीच सम्झौता आदानप्रदान भएको हो।

यस सम्झौताअन्तर्गत आईसीएफसी फाइनान्सका ग्राहकले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्छ असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन्।