काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडलाई (इक्राएनपी–आईआर) एए माइनस निष्कासनकर्ता रेटिङ प्रदानगरेको छ। 

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा ज्यादै न्यून क्रेडिट जोखिम रहेको हुन्छ।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयतासम्बन्धी रायमात्र भएको इक्राले जनाएको छ। ‘यो कुनै खास ऋणपत्र बिशेषको राय भने होइन’, इक्राले भनेको छ। 

रेटिङ वर्ग (इक्राएनपी–आईआर) एएदेखि (इक्राएनपी–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ (इक्राएनपी–आईआर) एए प्लसको स्थिति (इक्राएनपी–आईआर) एएभन्दा एक चिह्न माथि रहन्छ। जब कि (इक्राएनपी–आईआर) एए माइनसको स्थिति (इक्राएनपी–आईआर) एएभन्दा एक चिह्न तल रहन्छ।