काठमाण्डौ । नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्सका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ। 

यस सम्झौताअन्तर्गत प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन्। यसै सम्बन्धमा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीबिच सम्झौता भएको हो। 

उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, सल्लाहकार छपिराज पन्त, वरिष्ठ प्रबन्धक प्रविन मुनि बज्राचार्य, टीएफसीपीसी प्रमुख पवन घिमिरे तथा प्रोग्रेसिभ फाइनान्सका कार्यकारी व्यवस्थापक शालिक राम चापागाईको उपस्थिति थियो।