काठमाण्डौ । नेपाल मुद्रा विप्रेषण संघमा चन्द्र टन्डनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
राजधानीमा शुक्रबार सम्पन्न संघको १६ औँ वार्षिक साधारणसभाले चन्द्र टन्डन (सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट इन्टरनेसनल प्रालि), सञ्जय सिग्देल महासचिव (सूर्या रेमिट प्रालि) इन्द्रप्रसाद शर्मा कोषाध्यक्ष (आईपे रेमिट प्रालि) तथा सचिवमा दीपेन्द्र खनाल (इजिलिंक रेमिट्यान्स प्रालि) चयन भएका छन। सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर प्रालि), दिवाकर पौडेल (जीएमई रेमिट प्रालि) र सञ्जीव पाठक एटीटी रेमिट प्रालि) चयन भएका छन्।
संघको विधानत अध्यक्षबाट मनोनित हुने २ जना सदस्यमा भने युमा श्रेष्ठ (हिमालयन बैंक लि) र रामेश्वर सापकोटा प्रभू मनिट्रान्सफर प्रालि) मनोनित भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दे नवनिर्वाचित अध्यक्ष टन्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आइएमई र आईएमई ग्ुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको भूमिकाको स्मरण गर्दै उनको अथक मेहनत र प्रयासबाट नै रेमिट्यान्स क्षेत्र यति ठूलो व्यवसायको क्षेत्र बनेको उल्लेख गरे।
त्यस्तै प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलगायत यस क्षेत्रलाई योगदान पुर्याउने सम्पूर्ण अग्रजहरुको भूमिकालाई टन्डनले विशेष स्मरण गरे। उनले रेमिट्यान्स व्यवसायलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउन आफू लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
उक्त अवसरमा हालसम्म संघको पदाधिकारीमा रही काम गरेका पूर्वपदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19