काठमाण्डौ। नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको छैटौँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ। 

काठमाण्डौको केशरमहलस्थित नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफानोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरुसमेत) पारित गरेको छ। 

सभाले आर्थिक वर्ष २०७८/७९ को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एसोसियट्स, चाटर्ड अकाउन्टेन्टलाई लेखापरीक्षकमा नियुक्ति एवं निजको पारिश्रमिकसमेत अनुमोदन गरेको छ।