काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १८.४९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
दोस्रो त्रैमाससम्म कम्पनीको कुल आय पनि ६.८७ प्रतिशतले वृद्धि भएर २१ अर्ब ९८ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म कुल आय २० करोड ५७ लाख रुपैयाँ रहेको थियो।
गत वर्ष यही अवधिसम्म कम्पनीको कुल सञ्चालन आय रु. १७ अर्ब ७२ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म ८.३६ प्रतिशतले बढेर १९ अर्ब २० करोड रुपैयाँ भएको छ।
गत वर्ष दोस्रो त्रैमासमा EBITDA ८ अर्ब ६१ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा ९.०१ प्रतिशतले बढेर ९ अर्ब ३८ करोड रुपैयाँ भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19