काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच मंगलबार बैंकका ग्राहकलाई नेपाली नयाँ वर्षका अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र दराजका तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारी गरेको यो पहिलोपटक हो।
बैंकका कर्मचारी र ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डका माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा रु. १ हजारसम्मको छुट र क्रेडिट कार्डका माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु. १ हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
उक्त छुट प्राप्त गर्नका लागि ग्राहकले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ। त्यसका लागि ग्राहकले नेपाल बैंकका शाखाहरुमा सम्पर्क गर्नुपर्नेछ।
बैंकले ग्राहकलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डका लागि आजै आवेदन दिनसमेत आग्रह गरेको छ ।
यो योजना २०७८ चैत २८ देखि लागू हुनेछ ।
नेपाल बैंकले निरन्तर नवीनतामा जोड दिँदै आएको र डिजिटल ग्राहकको संलग्नता बढाउन समर्पित छ। सम्झौता समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले यस्ता डिजिटल सेवा बढाएर र नयाँ प्राविधिक आविष्कारहरुसँग अनुकूलन गरेर नेपालको सम्पूर्ण बैंकिङ उद्योगलाई नयाँ आकार दिन सकिने विचार व्यक्त गरे।
दराजकी प्रबन्ध निर्देशक कुवँरले नेपालको पहिलो तथा सबल बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरिन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19